काठमाडाैं ।। दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबाद विजयी भएको छ । गयराति सम्पन्न लिगको ११ औं खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जितसँगै हैदराबाद १० खेलमा ८ अङ्क जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान भने ११ खेलमा ८ अङ्क जोडेर पनि पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here