काठमाडौं ।। आज देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्।
आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।





