रौतहट ।। रौतहटको चन्द्रपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरू पुनःबन्द भएका छन् । चन्द्रपुर नगर शिक्षा समितिको गत असोज ९ गतेको बैठकले रौतहटको चन्द्रपुर नगर क्षेत्रमा कोरोना सङ्क्रमण सामन्य भएको भन्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर हाल केही शिक्षकहरूमा कोरोना सङ्क्रमण देखिएपछि अर्काे सूचनाजारी नहुउन्जेल सम्मका लागि चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा आएका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराउने निर्देशन दिइएको चन्द्रपुर शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिनुभयो । नगर क्षेत्रका विद्यालयहरूलाई बन्दगर्न दिर्नेशन दिएसँगै अब चन्द्रपुरका सबै विद्यालय आजबाट बन्द रहने शिक्षकहरुले बताएका छन्
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।