सांकेतिक तस्विर

रौतहट ।। रौतहटमा दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका–५ लक्ष्मिनिया घर भई विगत दुई वर्षदेखि राजपुर नगरपालिका–२ विगाटोल स्थित फुपुको घरमा बस्दै आएका १४ वर्षका शेख फ्याजको डुबेर मृत्यु भएको हो ।बुधबार साँझ फ्याजको राजपुर नगरपालिका–२ स्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै गरुडा नगरपालिका १ जयनगर बस्ने समसाद अन्सारीका तीन वर्षका छोरा ताबिस अन्सारीको नदीमा डुबेर मृत्यु भएको छ । उनी बेपत्ता भएका थिए । आफन्तसहित स्थानीय बासिन्दाले खोजी गर्दा वडा नम्बर ५ झाँजखोलामा पानीमा तैरिरहेको अवस्थामा बालक मृत फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
घटनास्थल मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here