रौतहट ।। रौतहटमा बाघको आक्रमणले एकको मृत्यु भएको छ । जिल्लाकै चन्द्रपुर नगरपालिका–६ घर भएका २६ वर्षीय संगम भण्डारीको मृत्यु भएको छ ।
मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको डीएसपी शाहीले बताए । बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा , ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन । उनिहरुको पाखुरा, छाती, हातमा चोट लागेको छ । मृतक भण्डारी जंगलमा हराएपछि गाँउका १०÷१२ जना युवाहरु मंगलबार राति खोज्न गएका थिए । खोज्न गएका युवाहरुलाइ सतेरी जंगलको तीनकुवा बन क्षेत्रमा बांघले आक्रमण गरेको हो ।
बांघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाएको बताएका छन । घाईतेहरुको चन्द्रपुर हस्पिटल प्रा।ली मा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
रौतहटमा बाघको आक्रमणले एकको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।