काठमाडाैं ।। कोलकत्ता नाइट राइडर्सले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।अबुधाबीमा गयरातिभएको खेलमा सनराईजर्स हैदराबादलाई ७विकेटले पराजितगर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।शेखजायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमामात्र ३ विकेट गुमाएर पुरा ग¥यो । कोलकत्ताको जितमाशुभमनगिलले अविजित रहदै ७० रनबनाउनुभयो । यस्तै इयानमोर्गनले अविजित ४२ रन बनाउँदा नितिस रानाले २६ रन बनाउनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।हैदराबादका लागि मनिस पाण्डेले ५१ रनबनाउँदा,कप्तान डेभिडवार्नरले ३६ रन बनाउनुभयो । जितसँगै कोलकत्ताले २ खेलमा २ अंकजोडेको छ र अंकतालिकाको पाचौं स्थानमाउक्लिएको छ । लगातार दुई खेल हारेको हैदराबाद अंकतालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज, राजस्थान रोयल्स् र किङ्स इलेवेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
आईपीएलक्रिकेटमा कोलकत्ताको पहिलो जित, आज राजस्थान र पञ्जाबबीच प्रतिस्पर्धा हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












