काठमाडाैं ।। कोरोना भाइरसबाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा दोस्रो लहर सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताउनु भएको छ । प्रधानमन्त्री जोन्सनले सङ्क्रमण रोक्नका लागिअ लिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि बताउनु भएको छ । सङ्क्रमण नियन्त्रणका लागि सरकारले अघिल्लो सोमबारदेखि ६ जनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाएको छ । अघिल्लो दिन स्वास्थ्यमन्त्री म्याट हयानककले राष्ट्रव्यापी लकडाउन गर्ने सरकारको चाहनान भएपनि आवश्यकपरे उक्तविकल्पका लागि पनि तयार रहनु पर्ने बताउनु भएको थियो । यसअघि बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरसका कारण हजारौंको ज्यान जान सक्ने चेतावनी दिइसकेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here