काठमाडौं ।। नेपालमा हालसम्मकै उच्च संख्या कोरोना संक्रमित देखिएका छन् । नेपालमा २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई हजार २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको सँख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१ जना निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३८२० पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला रहेका छन्। त्यस्तै ललितपुरकी ६६ वर्षीया महिला रहेकी छन्। यससँगै भक्तपुरका ८२ वर्षीय, मोरङका ६६ वर्षीय र ६६ वर्षीय तथा नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७३८३ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये ९२९५ जना संस्थागत र ८०८८ जना होम आइसोलेसनमा रहेका छन्।
काठमाडौं उपतयकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनालाई कोरोना संक्रमण भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वुर गौतमले जानकारी दिए। गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ६ सय ९८ जना संक्रमित भेटिएका छन्। ललितपुरमा ७९ जना संक्रमित भेटिँदा भक्तपुरमा ८२ जना नयाँ संक्रमित थपिएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here