काठमाडौं ।। नेपाल सरकारले खरिद गरेको रेल जनकपुर आइपुगेको छ । जयनगरबाट हिँडेर शुक्रबार अपराह्न जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
भारतको कोंकन रेल्वे कर्पोरेसनसँग खरिद गरिएको रेल जनकपुर आइपुगेको हो।
परीक्षणको रुपमा नेपाल ल्याइएको रेल छिट्टै भारत फर्किने छ। नियतिम सञ्चालनमा नआउँदासम्म रेल जयनगरस्थित स्टेसनमै रहने छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंसिरमा विवाह पञ्चमीको दिनदेखि रेल नियमित सञ्चालनमा आउने जानकारी गराएका हुन् ।
शुक्रवार जनकपुरको रेल्वे स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख भट्टराईले विवाह पञ्चमीको दिनदेखि पूर्ण सञ्चालनमा आउने बताएका हुन् ।
जनकपुर–जयनगर २९ किलोमिटर रेलसेवा ०७१ माघदेखि बन्द भएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here