काठमाडाैं ।। त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतका सबै क्याम्पसमा अध्ययनरत तर क्याम्पसको सम्पर्कमा नआएका विद्यार्थीलाई तत्काल क्याम्पसको सम्पर्कमा आउन आग्रह गरेको छ । विश्वविद्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै जतिसक्दो चाडो विश्वविद्यालय वा क्यापम्सको सम्पर्कमा ल्याइदिनका लागि स्थानीय तहलाई पनि आग्रह गरेको छ । डिन कार्यालय, क्याम्पस र विभाग र विभिन्न सञ्चारमाध्यममार्फत सम्बन्धित विद्यार्थी तथा अविभावकलाई सम्पर्कमा ल्याउन प्रयास गर्दा पनि कतिपय विद्यार्थी आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नआएकाले स्थानीय तहलाई आग्रह गरिएको त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डाक्टर पेशल दाहालले सीआईएनसँग बताउनुभयो ।विश्वविद्यालयले विद्यार्थी सम्पर्कमा नआएका कारण अनलाइन कक्षा सञ्चालन र परीक्षा तालिका व्यवस्थापन गर्न समस्या भएको जनाएको छ । त्रिभुवन विश्वविद्यालयले अहिले अनलाइन कक्षा सञ्चालन भइरहेको पनि स्पष्ट पारेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here