काठमाडौं ।। भारतमा कोरोना भाइरसको संक्रमण दिन दिनै तिव्ररुपमा फैलिरहेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ७ सय २० जना नयाँ संक्रमित थपिएका छन् । भने १ हजार १ सय २९ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा जम्मा कोरोना संक्रमितको संख्या ं१२ लाख ३८ हजार ६सय ३५ पुगेको छ । यस्तै भारतमा मृत्यु हुनेको संख्या २९ हजार ८ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले सम्म ७ लाख ८२ हजार ६ सय ७ जना निको भएर घर फर्किएका छन् । जम्मा संक्रमित मध्ये भारतमा अहिले सम्म ४ लाख २६ हजार १ सय ६७ जना उपचाररत रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।