काठमाडौं ।। प्रदेश नम्बर २ मा पछिल्लो २४ घन्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले नियमित लाइभ अपडेट मार्फत थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमण पुष्टि हुनेमा एक महिला र ६५ पुरुष रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा। घिमिरेले बताए ।
नयाँ थपिएको संक्रमित मध्ये धनुषाका २९ जना, महोत्तरीका एकजना, सर्लाही जिल्लामा २ जना र रौतहटमा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here