कलैयामा गोली चल्यो, एकजना घाइते

बारा ।। बाराको कलैयामा गोली चलेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे ।कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए ।जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको उनले बताए ।