नवलपरासी पश्चिमको सुस्ता गाउपालिकाको बलिनगरमा एक जना कारोना संक्रमित भेटिएका छन् । सुस्ता गाउँपालिका वडा नं.-५ का २६ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । यो सँगै पश्चिम नवलपरासीमा कारोना संक्रमितको संङ्ख्या २ पुगेको छ ।

काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसिआर परिक्षणमा जिल्लाको सुस्ताका २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित युवा केहीदिन अघि भारतको मुम्बईबाट आएको बताइएको छ । सुस्ता गाँउपालिकाको क्वारेन्टाईनबाट पछिल्लो पजनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएकोमा मंगलबार ४० जनाको रिपोर्ट नेगेटिभ आएको र बाकीको रिर्पोट बुधबार आउदा सो रिर्पोटमा एक जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।

सुस्ता गाँउपालिकाको क्वारेन्टाईनमाबाट पछिल्लो पटक ५५ जनाको स्वाब संलकन गरि परिक्षणका लागि काठमाडौं पठाईएकोमा एक जनामा कारोना पोजिटिभ देखिएको हो भने ४० जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । बाकीको रिर्पोट बुधबार आउदा सो रिर्पोटमा एक जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।

संक्रमित केही महिना पहिला रोजगारीको सिलसिलामा भारतको मुम्बई गएको र भारतमा लकडाउन खुकुलो भएपछि बैशाख ३० गतेका दिन भारतको बिहारबाट नारायणी नदिको बाटो प्रयोग गरी आफु भन्दा कान्छो भाईको सहयोगमा नेपाल प्रवेश गरेका स्थानिय धरमेन्द्र जायसवालले बताए ।

संक्रमित युवक आफ्नै भाईको साथमा मोटरसाइकलमा चढी आएकोले दुइटैलाई बेलवानी स्थित क्वारेन्टाइनमा राखिएको थियो । परिक्षण गर्दा मुम्बईबाट आएकोलाई कोरोना पोजिटिभ र सम्पर्कमा रहेको भाईको निगेटिभ रहेको सुस्ता गाउपालिका बेलवानीका क्वारेन्टाइन प्रमुख भागिरथि पालले जानकारी गराए ।

यस अघि प्रतापपुर गाउँपालिका वडा नं.-५ बैदौलीका एक ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले भैरहवामा रहेको भिम अस्पतालको आईसोलेसनमा उपचार भैरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here