रौतहट ।। रौतहटको गढीमाई नगरपालिका ट धर्मपुर पकाहा मा गयराति तीन जनाको घरमा आगलागी भएको छ ।
स्थानीय रामध्यण राम महरा, लालबाबुराम र उमेश सहनीको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।राम ध्यानको फू सको घरबाट सुरु भएको आगलागीले तीनैजनाको घर जलेको हो ।
राम ध्यानको घर पूर्णरुपमा जलेर खरानी भएको छ भने लालबाबु र सहनीको घर आंशिक रूपमा जलेको बताइएको छ । आगलागीबाट तिनै जनाको गरी करिब चार लाख बराबरको क्षति भएको छ ।

यसैबीच गढीमाई नगरपालिकाले आज आगलागी पीडितहरुलाई राहत उपलब्ध गराएको छ ।
आगलागी पीडित दाजुभाइ राम ध्यान र लालबाबु लाई ३५/३५ किलो चामल, सहनिलाई ३० किलो चामल, ४/४ किलो दाल, एक एक किलो तेल र नुन वितरण गरेको नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिनुभएको छ ।
आगलागी पीडितहरुलाई अति गरीब परिवार भएकोले राहत स्वरुप उक्त खाद्यान्न वितरण गरेको मेयर यादवले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here