रौतहट ।। कोरोना भाइरसबाट आफ्ना नगर बसीको बेलैमा ज्यान जोगाउन रौतहटको फतुवा विजयपुर नगरपालिकाले पनि हजारौं पिस मास्क र साबुन वितरण गरेको छ ।
नगरको प्रत्येक वडामा गरी करिब ५५ हजार मास्क र १५ हजार साबुन वितरण गरेको नगर प्रमुख गोपाल यादवले बताउनुभएको छ ।
सबै पालिका हरुले मास्क र साबुन वितरण गरेकेलो आफू पनि पहिलो चरणमा मास्क र साबुन बाँडेको मेयर यादवले बताउनुभयो ।
त्यस्तै लक डाउनका कारण खासगरी दैनिक ज्यालादारी गरी गुजारा चलाउनेहरू निकै मारमा परेको भन्दै त्यस्ता गरीब मजदुरलाई खाद्यान्नको व्यवस्था पनि आफू गर्न लागेको मेयर यादवको भनाई छ ।
फतुवा विजयपुर नगरपालिकाले मावि दुधिअवमा १० बेडको क्वारेन्टाइन पनि निर्माण गरी सञ्चालन गरिसकेको छ ।
अहिले तत्काल १० बेडकै क्वारेन्टाइन निर्माण गरिएको र आवस्यक परे यो संख्या बढाउन पनि सकिने मेयर गोपाल यादवले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here