रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाले आजदेखि ५० शैयाको क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याएको छ ।
माधव नारायण नगरपालिका ६ माधोपुरको श्री माध्यमिक विद्यालयमा २५ बेड र वडा नं ३ माध्यमिक विद्यालय सखुअवमा २५ गरी जम्मा ५० बेडको क्वारेन्टाइन कक्ष सञ्चालन भएको मेयर विरेन्द्र प्रसाद यादवले जानकारी दिनुभएको छ ।
दुवै ठाउँमा क्वारेन्टाइन निर्माणको कार्य आज मात्रै पूरा भएपछि आजैदेखि दुवै क्वारेन्टाइन एकैसाथ सञ्चालन गरिएको मेयर यादवले बताए ।
विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस बाट बेलैमा आफ्ना नगरवासीको ज्यान जोगाउन सुरक्षित एवं अत्याधुनिक प्रविधि सहितको क्वारेन्टाइन निर्माण गरी सञ्चालन गरेको मेयर यादवले बताउनुभयो ।
क्वारेन्टाइन मा भारत तथा तेस्रो मुलुकबाट चोरबाटो भएर आउने व्यक्तिहरूलाई राखिने भएकोले बाहिरबाट आउने अथवा कुनै अपरिचित व्यक्ति नगरपालिका भित्र कतै आएको फेला परे आफू वा प्रहरीलाई खबर गर्न मेयर विरेन्द्र यादवले नगर बसिसंग अपील गरेका हुन् ।
कोरोना भाइरसका कारण केहीदिन अघि सरकारले लक डाउन लागू गरेसँगै नेपालका सबै सीमा नाकाहरु बन्द भएकोले भारत तथा अन्य देशहरूमा बस्नेहरूको चोर बाटो भएर नेपाल भित्रिने क्रम बढेको छ ।
त्यस्ता व्यक्तिहरूलाई कम्तीमा ज्ञछ दिनसम्म क्वारेन्टाइन मा राखन सरकारले नियम लागू गरेको छ ।
यसैबीच माधवनारायण नगरपालिकामा आजदेखि लामखुट्टे विरुद्धको औषधि छर्ने काम पनि सुरु भएको छ ।
नगरका प्रत्येक वडामा लामखुट्टेको औषधि पठाइएको र आजैदेखि छर्ने काम पनि सुरु भइसकेको मेयर विरेन्द्र यादवले बताउनुभयो ।
गर्मीको समयमा अहिले लामखुट्टेको प्रकोप धेरै हुनेगरेको कारण कोरोना सँगै डेंगु रोग पनि लाग्न सक्ने भएको हुँदा यस रोगको प्रकोप लाग्न नदिन पूर्व तयारी स्वरुप नगर भारी औषधि छर्ने काम सुरु गरेको उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here