रौतहट ।। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि रौतहटको गरुडा नगरपालिकाले प्रभावकारी कदम चाल्ने भएको छ ।

विश्वमा महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरुडा नगरपालिकाले नगरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएपछि गरुडा नगरपालिकाले पनि यसलाई रोकथामको लागि प्रत्येक वडामा भोली बिहिवारदेखी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख ईन्नु राय यादवले जानकारी दिनुभएको छ ।

नोवेल कोरोना भाईरस सम्बन्धी गरुडा नगरपालिकाले आज गरुडा स्थित नवीन गेष्ठ हाउसमा आयोजना गरेको जन चेतना मुलक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख यादवले यस्तो बताएका हुन ।

भोली देखी नगरभित्रको सम्पूर्ण वडामा कोरोना भाईरस सम्बन्धी जन चेतना मुलक कार्यक्रम सञ्चालन गरी कोरोना भाईरसको लक्षण, यस्को रोकथाम र यसबाट बाच्ने उपाएको बारेमा आम नागरिकलाई जानकारी दिने मेयर यादवले बताए ।

नगर प्रमुख इनु राय यादवको सभापतित्व तथा समाजबादी पार्टीका जिल्ला इंचार्ज बृज किशोर प्रसाद यादबको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मो. मुस्ताक आलमले कोरोना रोगबाट बाच्ने उपायहरु तथा यसबाट जोगिन नगरपालिकाले गरेको कामकार्यवाहीको बारेमा प्रकाशपारेका थिए ।

अन्तरक्रियामा कोरोना रोगको लक्षण, बाच्ने उपाय लगायत साबधानी संबंधी सम्पूर्ण विषयको बारेमा सिटी हस्पिटलका डाक्टर शान्तोष साहले जानकारी दिएका थिए । कार्यक्रममा नगर उद्योग बणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरी, समाजवादी पार्टीका युवा जुझारु नेता राजकुमार दास, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु , स्वस्थय कर्मी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here