रौतहट ।। रौतहट गरुडाको प्रतिष्ठित व्यक्तित्व एवं समाजसेवी वंशीराम जयसवालको ८४ वर्षको उमेरमा शुक्रवार रथारोहणसँगै सम्मान पनि गरिएको छ ।

जिल्लाको मध्य भाग गरुडामा संचालित द रिडर्स इन्टरनेशनल बोर्डिङले समाजसेवी जयसवालको विशिष्ट सम्मान गरेको हो ।

२०५२ सालमा आफ्नै जग्गामा अनाथालय स्थापना गरी जयसवालले अनाथ तथा विपन्न बालबालिकालाई खाना, आवास तथा शिक्षादीक्षा र अभिभावकत्व प्रदान गर्दै आईरहनुभएको छ । जयसवालले खासगरी यो संसारमा कोहि पनि नहुने बच्चाहरुलाई आफना अनाथालयमा राखेर पालनपोषण गर्नुका साथै शिक्षा पनि प्रदान गर्दैआईरहनुभएको छ ।

अनाथालयमा बसेर अध्ययन गरेका बालबालिकाहरु विदेशका विश्वविद्यालयमा पनि उत्कृष्ट स्थान हासिल गरेका छन् भने नेपाल तथा भारतको विभिन्न सरकारी सेवामा पनि पुग्न सफल भएका छन् । आफू पनि अनाथ बालबालिकासँगै अनाथालयमै सादगी जीवन बिताइरहेका जयसवालले सम्मान ग्रहण गर्दै आफ्नो जीवन सफल भएको बताउनुभएको छ ।
अहिले पनि अनाथलायमा ३४ जना बालबालिका रहेका छन् । सबै बालबालिका अनाथालय प्रावि र श्री मावि गरुडामा अध्ययन गरिरहेका छन् ।
विभिन्न संघसंस्था तथा व्यक्तिसितको सहयोग माग्दै अनाथ बालबालिकाको सेवामा जीवन अर्पण गरेका जयसवाललाई रथमा बसालेर बाजागाजासहित गरुडा बजार परिक्रमा गराइएको थियो भने बोर्डिङको प्रांगणमा भव्य समारोहको आयोजन गरी अनाथालयलाई विशेष योग्दान पुरयाउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानित गरिएको छ । कार्यक्रममा समाजको विभिन्न क्षेत्रमा योगदान दिने समाजसेवी तथा संचारकर्मीलाई पनि सम्मानित गरिएको छ ।

कार्यक्रममा अनाथालयको लागि विशेष योग्दान पुरयाएको भन्दै जनकपुर टुडेकापत्रकार मनोज चौधरी, गोरखापत्रकर्मी कृष्ण तिवारी, पत्रकार राजेश्वर पाण्डे, संगम खबरका रौतहट संवाददाता ओम प्रकाश यादव लगाएतका पत्रकारहरुलाई पनि सम्मानित गरिएको छ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here