राैतहट ।। रौतहटको अधिकांश स्थानीय तहले अहिलेसम्म पनि सहकारी ऐन नबनाउँदा सहकारी संस्था अलमलमा परेका छन ।

ऐन अभावमा यहाँका सहकारी संघरसंस्थाको कामकाज पूर्णरुपमा प्रभावित भएको छ । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै सरकारले सबै स्थानीय तहमा सहकारीको काम हस्तान्तरण गरेको छ तर, स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि सहकारी ऐन, कानुन, कार्य्िवधि, नियावली अहिलेसम्म पनि तयार भएको छैन ।

रौतहटमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तह रहेतापनि अहिलेसम्म एउटा पनि स्थानीयतहले सहकारी संस्थाको ऐन, कानुन बनाउन सकेको छैन । सहकारीको ऐन नबन्दा सहकारी संघ संस्थाको कामकाज ओझोलमा परेको छ ।

सहकारी ऐन नबनेका कारण सहकारीका प्रतिनिधिहरूले चाहे अनुसार काम गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्। स्थानीय तहले ऐन नबनाउँदा आफूहरूले चाहे अनुरुप काम पनि गर्न नसकेको सहकारीका पदाधिकारीहरूले बताएका छन । ऐन अभावमा काम गर्न कठिनाइ भएको साना किसान कृषि सहकारी संस्था जेठरहियाका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो रौतहटका केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि सुरुआत गरेपनि धेरैजसो पालिकामा सहकारी ऐन निर्माणको काम नै सुरु हुन सकेको छैन । जिल्लाका अधिकांश पालिकाका प्रमुखहरुले कर्मचारी अभावमा सहकारी सम्बन्धी नियावली, ऐन र कार्यविधि बनाउन नसकेको बताएका हुन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here