प्रतिकत्माक तस्विर

गरुडा। ।रौतहटमा गएराति एक जना युवकको हत्या भएको छ ।
कटहरिया नगरपालिकाको जमुनियामा आफनै छिमेकीले गरेको छुरा प्रहारबाट एक जनाको हत्या भएको छ ।
स्थानीय शेख मुस्ताक आलमले गरेको छुरा प्रहारबाट कटहरिया नगरपालिका वडा नं २ जमुनियाका २० वर्षिय शेख अब्दुल खैरको मृत्यु भएको छ ।
पानी तान्ने मोटरको विषयमा विवाद हुँदा राति ८ बजे २५ वर्षीय शेख मुस्ताक आलमले छिमेकी अब्बदुल खैरको छातिमा छुरा हानेर हत्या गरेका हुन् ।
छिमेकी खैरको छुरा प्रहार गरी हत्या गर्ने आलमलाई ईलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्ष ज्ञान कुमार महतोको कमाण्डमा खटि गएको प्रहरी टोलीले हत्याका आरोपी आलमलाई शनिवार विहान २ बजे कटहरिया नगरपालिका वडा नं ९ डुमरीया स्थितबाट तरहारी नदिको पुलमुनी लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
डिएस्पी महतोको सक्रियतामा आरोपी आलम घटनाको २ घण्टामै पक्राउ परेका छन ।
प्रहरी नायव उपरीक्षक महतोले शनिवार विहान १० बजे ईलाका प्रहरी कार्यालय गरुडामा पत्रकार सम्मेलन गरेर पक्राउ परेका आलमलाई सार्वजनिक गर्नुभएको छ ।
पक्राउ परेका आलम हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ ।
घटनामा संलग्न छिमेकीहरु ३० वर्षिय शेख अमिरुल हक र २० वर्षिय अलि एमाम फरार रहेको तथा उनिहरुको खोजी कार्य भइरहेको गरुडाका प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक महतोका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलममाथी नै लागेको थियो ।
आफुमाथी मोटर चोरीको यति ठुलो आरोप लगाएको भन्दै रिस साध्न मुस्ताक आलम अब्दुल खैरको ज्यान मार्ने योजना बनाएको थियो ।
अब्बदुलको हत्या गर्ने योजनाका साथ आलम राति आफना छरबाट छुरा लिएर अब्बदुललाई खोज्दै जाँदा हँथियाही स्थित सडकमा दुबैजनाको भेट भएको थियो ।
मोटर चोरीमा नाम लगाउने बिषय लिएर दुबैजनाबीच भनाभन हुँदै कुटपिट समेत भएपछि आक्रोसित मुस्ताख आलमले एक्कासी घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको छातीमा नै प्रहार गरेको थियो ।
छुरा प्रहारबाट गम्भिर घाईते भएका खैरलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुईसाता अघिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here