रौतहट ।। रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुर बजारको पोखरीको विच भागमा अधुरा रहेको सुर्य मन्दिरको निर्माण कार्य यस वर्ष पुरा हुने भएको छ ।
प्रदेश २ की भौतिक पुर्वाधार राज्य मन्त्री डिम्पल कुमारी झाको पहलमा गत वर्ष निर्माण कार्य शुरु भई अधुरा रहेको उक्त सुर्य मन्दिरको बाँकी काय यस वर्ष हुने भएको छ ।
राजपा रौतहट क्षेत्र नं १ ख विधान सभाका अध्यक्ष एवं युवा नेता संजीव कुमार यादवको विशेष आग्रह तथा राज्यमन्त्री झाको पहलमा गत वर्ष माधोपुर बजार स्थित रहेको पोखरीको विच भागमा भगवान सुर्यको विशेष पुजाअर्चना गर्न सुर्य मन्दिरको निर्माण कार्य शुरु भएको थियो तर निर्माण कार्य पुरा नहुँदै वर्षाको कारण पोखरीमा अत्याधीक मात्रामा पानी भएको कारण मन्दिरको पिलर गाडदै काम स्थगीत भएको थियो ।
प्रदेश २ को उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयबाट विनियोजित बजेटबाट राजपाका नेता संजीय कुमार यादवले उक्त मन्दिरको निर्माण कार्य गराएका थिए ।
उपभोक्ता समितिद्धारा निर्माण शुरु गरिएको उक्त मन्दिरको बाँकी रहेका काम यस वर्ष पुरा हुने समितिका अध्यक्ष संजित कुमार साह तेलीले बताउनुभयो ।
मन्दिरको निर्माण कार्य पुरा भएपछि छठ पर्वदेखी लिएर भगवान सुर्यको पुजापाठ गर्न उक्त सुर्य मन्दिर काम लाग्ने समितिका अध्यक्ष तेलीले बताउनुभयो ।
वडा कार्यालय र नगरपालिकाको बजेटबाट नभई वन पर्यटन तथा वातावरण मन्त्रालयको बजेटबाट उक्त सुर्य मन्दिर निर्माण हुन लागेको युवा नेता संजीव कुमार यादवले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here