रौतहट ।। निकै लामो समयदेखी रौतहटको फतुवा विजयपुर नगरपालिकाको मेयर र उपमेयर विच रहेको विवाद अन्त्य भएको छ ।
बजेट बाडफाडको विषयमा नगरप्रमुख गोपाल यादव र उपप्रमुख कान्तिदेवी महतोविच रहेको विवाद विहिवारदेखी अन्त्य भएको छ ।
नगरपालिकाको कार्यालय विजयपुरमा हिजो बसेको कार्यपालिका बैठकमा मेयर यादव र उपमेयर महतोविच तेश्रो पटक स्थगीत नगरसभा गर्न सहमति भएपछि लामोसमयदेखी दुवैजना विचा रहेको असमझदारी हटेको हो ।
बैठकमा लामो समयपछि मेयर र उपमेयरवीच बजेट फाडफाडको विषयमा कुरा मिलेका कारण तेश्रो नगरसभा यहि फाल्गुन २२ गते हुने तय भएको छ ।
यस अघि मेयर र उपमेयरवीच बजेट बाडफाडमा कुराकानी नमिलेकै कारण पटक पटक नगरसभा स्थगीत हुँदै आएको थियो ।
हिजो बसेको कार्यपालिका बैठकले तेश्रो नगरसभा आउँदो २२ गते गर्ने निर्णय गरेको हो ।
गत १० गतेको लागि तय गरिएको तेश्रो नगरसभा एक जना संघिय सांसदकै कारण स्थगीत भएको मेयर यादवले आरोप लगाएको थियो ।
रौतहटको एक एफएम रेडियोसँगको अन्तर्वार्तामा मेयर गोपाल यादवले एक जना विकास प्रेमी नेताको कारण तेश्रो नगरसभा स्थगीत भएको आरोप लगाएको थियो ।
पटक पटक नगरसभा स्थगीत हुँदा शिक्षक तथा कर्मचारीहरु तलव खान नपाएर निकै मारमा परेका छन । शिक्षक तथा कर्मचारीको पिडा हेर्न नपाएर आफु उपमेयर कान्तीदेवीसँग नगरसभा गर्न सहमति गरेपछि अब शिक्षक तथा कर्मचारीको समस्या चाडै समाधान हुने मेयर यादवले बताउनुभयो ।
प्रत्येक वडामा ६५ देखी लिएर ८० लाखको हाराहारीमा बजेट दिने सहमति भएको मेयर गोपाल यादवले बताउनुभयो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here