रौतहट ।। समाजवादी पार्टिका युवा नेता राजकुमार दास आज दोश्रो पटक एक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।
रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता दास सर्वसहमतिले चएन भएका छन ।
विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयको प्रांगनमा आज बसेको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा पूर्व शिक्षक समेत रहेका राजकुमार दासलाई चएन गरेको हो ।
युवा नेता दासको अध्यक्षतामा ७ सदसीय व्यवस्थापन समिति गठन गरिएको छ ।
गठित समितिको सदस्यहरुमा बसन्त ठाकुर, कुसुम देवी यादव, अमिता कुमारी देवी लगाएतलाई सर्वसहमतिले चएन गरिएको छ ।
नेता दास तिन वर्ष अघि पनि मावि नयाँ गम्हरीया श्रीपुरको व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
यसभन्दा अघि श्रीपुर विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता दास आजदेखी दोश्रो पटक उक्त विद्यालयको व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेका हुन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here