रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले वडा नं ६ माधोपुरमा एक हनुमान मन्दिरको उदघाटन गर्नुभएको छ । मेयर यादवले आईतवार एक कार्यक्रमकाबीच उक्त हनुमान मन्दिरको उदघाटन गरेका हुन । माधवनारायण नगरपालिकाको नगरस्तरीय बजेटबाट गत वर्ष निर्माण भएको हनुमान मन्दिरको मेयर यादवले औपचारीक रुपमा हिजो उदघाटन गरेका हुन । गत वर्ष माधवनारायण नगरपालिकाको १४ लाख रुपैयाको लागतमा माधोपुर दक्षिणवारी टोलमा उक्त हनुमान मन्दिरको निर्माण कार्य अगाडि बढाईएको थियो । माधोपुरमा हनुमानको मुर्ति भएपनि भवन नरहेको जनगुनासो आएपछि मेयर विरेन्द्र यादवले गत वर्ष उक्त मन्दिरको भवन निर्माणको लागि नगरपालिकाबाट १४ लाख रुपैया विनियोजन गरेर मन्दिर निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिनुभएको थियो । नगर प्रमुख विरेन्द्र यादवले निर्वाचित भएदेखी अहिलेसम्म विभिन्न वडामा यस्ता कयौ भौतिक पुर्वाधार निर्माणका काम गरेका हुन । मेयर यादव पूर्वाधारका साथै वाड वाडमा नयाँ र पुरानो गरी दर्जानौ सडक र नाला निर्माण पनि गरेका हुन । आफनो कार्यकाल अझौ दुई वर्ष भन्दा बढी दिन बाँकी रहेको बताउँदै मेयर यादवले आफनो कार्यकालसम्म नगरको समग्र विकास गरी कायापल्ट गर्ने योजना बनाएको बताउनुभयो । पछिलो समय विकास प्रेमी मेयर विरेन्द्र यादवले विकास निर्माणको काममा अग्रसरता देखाएपछि माधवनारायण नगरपालिकामा विकास निर्माणको काम गति लिएको देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here