रौतहट ।। रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादव अबको एकसाता भित्रमा आफना वडामा सयौथान ग्याँस सिलिण्डर र चुल्हो वितरण गर्ने बताएका छन ।
एकसाता भित्रमै माधोपुरमा ३ सय १२ थान ग्याँस सिलिण्डर र चुल्हो वितरण गर्ने वडा अध्यक्ष यादवले बताएका हुन ।
सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै माधोपुरका वडा अध्यक्ष राजीव यादवले वडा कार्यालयको बजेटबाट यस वर्ष ग्याँस सिलिण्डर र चुल्हो वितरण गर्न लागिएको बताएका छन ।
वडा अध्यक्ष यादवले माधोपुरका ३ सय १२ घरपरिवारलाई प्रति परिवार एक एक थान ग्याँस सिलिण्डर र चुल्हो वितरण गर्न लागेको उनका भाई राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका युवा नेता संजीव यादवले जानकारी दिए ।
गरिव, असाहाय र अति विपन्न घरपरिवारलाई पहिलो प्राथमिकता दिएर ग्याँस सिलिण्डर र चुल्हो वितरण गर्न लागिएको वडा अध्यक्ष यादवको भनाई छ ।
गृहिणी महिलालाई दाउरा बाट खाना बनाउन अत्यधिक समय खर्चिनुुका साथै स्वास्थ्यमा समेत धुुँवाबाट प्रतिकुल असर पर्ने हुँदा वडामा निशुुल्क ग्याँय सिलिण्डर तथा चुुल्हो वितरणको योजना बनाएको वडा अध्यक्ष राजीव यादवले बताए ।
गरिव, असाहाय र अति विपन्न घरपरिवारको महिलाहरुलाई ग्याँस चुल्होबाट खाना पकाउँदा पैसा र समयको पनि बचत हुनुको साथै स्वाथ्यमा पनि नकरात्मक असर नपर्ने भएको हुँदा ग्याँस सिलिण्डर तथा चुल्हो वितरण गर्न लागेको वडा अध्यक्ष यादवले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here