रौतहट ।। रौतहटको वृन्दावन नगरपालिकाले जेष्ठ नागरिकलाई परिचयपत्र वितरण सुरु गरेको छ ।

आज मंगलबार वृन्दावन नगरपालिकाले करिव १ सय ५० जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको हो । ६० वर्ष नाघेको व्यक्तिहरुको हक हितका लागि नगरपालिकाले जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको निमित प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र राय यादवले बताउनुभयो ।

जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रममा बृन्दावन नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत यादव, नयाब सुब्बा हरिप्रसाद दुलाल लगायतका कर्मचारीहरु को उपस्थिति रहेको थियो ।

नगरपालिकाको कार्यालय विश्रामपुरमा आएर आ आफ्नो कागजातहरु बुझाइ जेष्ठ नागरिक परिचयपत्र लिनुहुन निमित प्रमुख प्रशासकीय अधिकृत यादवले सबैलाई आग्रह गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here