रौतहट ।। रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरु फेरी आन्दोलन गर्ने भएको छ । गत पुस ११ गते नगरसभा सम्पन्न भएपनि नगरपालिकाले तलव निकासा गर्न कुनै चासो नलिएपछि बाध्य भएर फतुवा विजयपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरु भोली देखी विद्यालय बन्द गरी आन्दोलन गर्ने निर्णय गरेको हो ।

विगत साउन देखी नै शिक्षकहरु तलव भत्ताको लागि पटक पटक आन्दोलन गर्दा नगर प्रमुख गोपाल यादवले नगरसभा सम्पन्न भएपछि मात्रै तलव निकासा गर्ने बताउँदै आएका थिए तर नगरसभा सम्पन्न भएपनि नगर प्रमुख यादव आफुहरुको तलव निकासा गर्न कुनै चासो नदेखाएकोले बाध्य भएर शिक्षकहरु फेरी आन्दोलन गर्ने निर्णय गरेको जनता प्राथमिक विद्यालय फतुवाका प्रधानाध्यापक उमेश प्रसाद यादवले बताउनुभयो ।

प्रधानाध्यापक सुदामा यादवको अध्यक्षतामा शिक्षकहरुको आज बसेको बैठकले भोली सम्पूर्ण विद्यालय बन्द गरी प्ले कार्ड सहित नगरपालिकामा धर्ना दिने निर्णय गरेको प्रअ यादवले बताउनुभयो । नगर प्रमुख गोपाल यादवले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएका कारण शिक्षकहरुलाई तलव खुवाउन नसकेको बताएका छन । केहि दिन अघि नै प्रमुख प्रशासकिय अधिकृत जयचन्द साहको सरुवा भएको कारण शिक्षकहरुलाई तलव भत्ता खुवाउन नसेकेको स्वीकार गर्दै मेयर यादवले केहि दिन भित्रमै हाकिमको व्यवस्था गरी शिक्षक र कर्मचारीहरुको तलव खुवाउने प्रतिवद्धता जनाउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here