रौतहट ।। रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा सम्पन्न भएपनि मेयर र उपमेयर विच विवाद कायमै रहेको छ । नगरसभा हुनुभन्दा पहिलादेखी नै मेयर र उपमेयर विच हुँदै आएको विवाद अहिले आएर उत्कर्षमा पुगेको छ ।

गत ११ गते मेयर गोपाल प्रसाद यादवले उपमेयरको असहमति र असन्तुस्टीका विच बहुमतको आडमा नगरसभा गरेपछि झन विवाद चर्केको हो । फतुवा विजयपुर नगरपालिकाका मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित रहेका छन भने उपमेयर कान्ति देवी महतो नेकपाबाट निर्वाचित रहेकी छिन । फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको छ । बहुमतको आडमा मेयर गोपाल यादवले उपमेयर कान्ति देवी महतोको विरोध र असन्तुस्टीको बावजुद पनि पुस ११ गते दुई तिहाई बहुमतले नगरसभा पास गरेको थियो ।

दुई तिहाई बहुमतको दम्भमा नगर प्रमुख यादव आफुहरुलाई बाईपस गर्दै एकलौटी रुपमा नगरसभा गरेको उपमेयर कान्ति देवी महतोले आरोप लगाएकी छिन । मेयर यादवले एकलौटि रुपमा गरेको नगरसभालाई उपमेयर कान्तिदेवीले बहिस्कार गरेकि थिईन । मेयर यादवले वडा अध्यक्षहरु सहित आफुलाई गत वर्षको जती रकम यस वर्ष दिन नमानेका कारण परिषदमा सहभागि नभएको उनले बताईन ।

परिषद हुनुभन्दा अघि नै आफु लगाएत वडा अध्यक्षहरुको यस वर्षको लागि बजेट प्रस्ताव गरी कार्यपालिकाबाट पारित गराउनको लागि मेयर यादवलाई उपमेयरले सिलिंग पठाएको थियो तर मेयर यादव कार्यपालिकाबाट उक्त बजेट पास नगरी आफुअुसी बजेट प्रस्ताव गरी एकैचोटी वडा कार्यालयहरुमा पठाएपछि उपमेयर कान्दिेवी पक्षका वडा अध्यक्षहरु उक्त सिलिंग परिषद हुनुभन्दा ३ दिन अघि नै मेयर यादवलाई फिर्ता गरिदिएका थिए ।

११ गते भएको नगरसभाको अहिले बन्द सत्र जारी रहेको छ । बन्द सत्रमा आफु सहित आफना पक्षधरका १४ जना कार्यपालिका सदस्यहरु सहभागि हुन चाहे पनि मेयर यादवले सहभागि गराउन पनि नचाहेको उपमेयर महतोले आरोप लगाउनुभयो । हिजो बन्द सत्रमा आफु लगाएत कार्यपालिका सदस्यहरु सहभागि हुन जाँदा मेयरले सहभागि हुन नदिई बैठकबाट बाहिरिएको उपमेयर कान्तिदेवी महतोको आरोप छ । मेयर यादवले आफुहरुलाई बन्द सत्रमा सहभागि नगराए र आफना रबैया सुधार नगरे आफुहरु छुट्टै नगरसभा गर्न बाध्य हुने उपमेयर महतोले चेतावनी दिनुभयो ।

त्यस्तै नगर प्रमुख गोपाल यादवले आफुले उपमेयर कान्तिदेवीलाई नगरसभामा सहभागि हुनबाट बञ्चित नगरेको बताउनुभयो । ३ बजेसम्म उपमेयरलाई कसरेर बस्दा पनि उहाँले केहि पनि नभनेपछि बाध्य भएर आफु नगरपालिकाबाट बाहिरिएको नगर प्रमुख यादवको भनाई छ । बन्द सत्रमा उपमेयरलाई सहभागि गराई विवाद समाधान गर्न आफु तयार रहेको बताउँदै मेयर यादवले उपमेयर कान्दिेवीलाई वार्तामा आएर विवाद समाधान गर्न आग्रह गरेका हुन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here