File Photo

रौतहट ।। रौतहटमा हिजो शुक्रवार भएको वर्षाका कारण इँटा व्यवसायीहरुलाई ठुलो नोक्सान भएको छ ।
शुक्रवार दिनभरी भएको वेमौषमी वर्षाका कारण जिल्लामा रहेको एक सय एकसठीवटा ईँटा भट्टाको गरी ८ करोड ५ लाख रुपैया वरावरको ईटा नोक्सान भएको छ ।
पकाउनको लागि तयार पारिएको ईटाहरु वर्षाको कारण नष्ट भएको ईटा उत्पादक संघ रौतहटका अध्यक्ष राम विनोद साहले बताउनुभयो ।
तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी संघका अध्यक्ष साहले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबारको वर्षाले प्रत्येक इँटा व्यवसायीको रु ५ लाखका दरले क्षति भएको अनुमान छ ।
शुक्रबारको वर्षाले रौतहटका धेरैजसो इँटा उद्योगका काँचो इँटा कामै नलाग्ने गरी गलेर नष्ट हुँदा ईटा व्यवसायी चिन्तीत भएका हुन ।
गलेर नस्ट भएको ईटाको उचित क्षतिपुर्ति दिन ईटा व्यवसायीहरुले सम्बन्धित निकायसँग माग गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here