रौतहट ।। रौतहट जिल्लामै पहिलो पटक पशु विज्ञान डिप्लोमा तहको पनि पढाई हुने भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं ३ स्थित श्री देवी माध्यमिक विद्यालयमा तिन वर्षे पशु विज्ञान डिप्लोमा तहको कक्षा सञ्चालन हुन लागेको हो ।

आज विद्यालयको प्रंगनमा आयोजित एक कार्यक्रमका विच माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले उक्त तिन वर्षे पशु विज्ञान डिप्लोमा तहको कक्षाको उदघाटन गरेका छन । मेयर यादवले उदघाटन गरेसँगै देवी मावि सखुअवामा पशु विज्ञान डिप्लोमाको पढाई हुन शुरु भएको छ । जिल्लामै पहिलो पटक सखुअवा माविमा पशु विज्ञान डिप्लोमा तहको कक्षा सञ्चालन हुने भएपछि यहाँका विद्यार्थीहरु हर्षित भएका छन । अब आफनै गाउँ ठाउँको विद्यालयमा पशु विज्ञान डिप्लोमा तहको पढाई गर्न पाउने भन्दै जिल्लाका विद्यार्थीहरु निकै खुसी भएका छन ।

यस अघि जिल्लामा पशु विज्ञान डिप्लोमा तहको पढाई नहुँदा यहाँका विद्यार्थीहलाई बाहिर गएर बढनुपर्ने बाध्यता थियो । तर अब श्री देवी मावि सखुअवामा नै पशु विज्ञान डिप्लोमा तहका पढाई हुने भएपछि विद्यार्थहरुलाई बाहिर गएर पढनुपर्ने बाध्यता अन्त्य भएको छ ।

नगर प्रमुख विरेन्द्र यादवको विशेष पहल र सहयोगमा विद्यालयले उक्त पशु विज्ञान डिप्लोमा तहको कक्षा सञ्चालन गर्न सीटिईभिटी द्धारा सम्बन्धन प्राप्त गरेको देवी मावि सखुअवाका प्रधानाध्यापक सुरेन्द्र यादवले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख विरेन्द्र यादवले पशु विज्ञान अन्तर्गत डिप्लोमा तहको कक्षा सञ्चालनको लागि आवश्यक पर्ने सबै सहयोग गर्ने बताएका छन । कक्षा सञ्चालनको लागि एउटा भवन पनि बनाईदिने मेयर यादवले उदघोष गरेका हुन ।

नगर प्रमुख यादवको प्रमुख आतिथ्य तथा विद्यालयका प्रअ सुरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख सिमल कुमारी साह, मावि माधोपुरका प्रधानाध्यापक संजय प्रसाद, रास्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष धर्मेन्द्र सिंह पटेल, सखुअवाका वडा अध्यक्ष राजकुमार यादव लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा माधवनारायण नगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावक, बालबालिका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम देवी माविका शिक्षक नन्दलाल बैठाले सञ्चालन गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here