रौतहट ।। भोली देशका ३७ जिल्ला सहित रौतहटमा पनि उपनिर्वाचन हुँदै छ ।
रौतहटको गढिमाई नगरपालिका वडा नं २ समनपुरको वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ ।
समनपुरका तत्कालीन वडा अध्यक्ष जोगी दासको मृत्यु भएपछि रिक्त रहेको वडा अध्यक्ष पदको भोली मङसिर १४ गते शुक्रवारका दिन हुन लागेको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
उपचुनावको लागि मतदान केन्द्र निर्धारण गर्ने देखी लिएर निर्वाचन कर्मचारी नियुक्त समेत गरिसकेको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताएका छन ।
भोली हुने उपचुनावको लागि तिन वटा मतदान केन्द्र र दुई वटा मतदान स्थल तोकिएको छ ।
मतदान अधिकृत र सहायक मतदान अधिकृत तिन तिन जना, सहायक कर्मचारी ६ जना र कार्यालय सहयोगी तिन जना गरी कर्मचारी तथा १० जना स्वंयमसेवक खटाईएको निर्वाचन अधिकारी दासले बताउनुभयो ।
यसैविच भोली हुने निर्वाचनलाई मध्य नजर गर्दै आजैदेखी रौतहटको सुरक्षा व्यवस्था काडा बनाईएको छ ।
निर्वाचनमा हुन सक्ने खतरालाई मध्य नजरी गरी भारतिय सिमा नाकाहरुमा आजैदेखी चेकजाचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।
कटहरिया एफएमसँग आज कुराकानी गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी किरण कुमार थापाले भोली चुनावको लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाईएकोले एकदमै निर्धक भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रास्ट्रिय अनुसन्धान विभागको गरी चारै सुरक्षा निकायको टोली परिचालन गरी मतदातालाई सुरक्षितसाथ मतदान स्थलसम्म पुरयाउने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
निर्वाचनलाई धाँधली रहित बनाउन र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनको लागि रौतहट प्रहरी कुनै कसर बाँकी नराखिने सिडियो थापाले स्पस्ट पार्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here