रौतहट ।। रौतहटको मध्य भाग गरुडामा अवस्थित अनामिका हस्पिटलले मंसिर १४ गते भोली बच्चाहरुको निशुल्क उपचार गर्ने भएको छ ।
हसिपटलले भोली बच्चाहरुलाई क्षय रोग (टिभी) लागे नलागेको बारेमा निशुल्क रुपमा चेकजाँच गर्ने भएको छ ।
बागमति सेवा समाजद्धारा बच्चाहरुलाई यो सेवा निशुल्क उपलब्ध गराउन लागेकोले उक्त निशुल्क शिविरमा सहभागी भई लाभ लिन अस्पतालका प्रमुख डा. आरबी प्रसादले सबैलाई अपिल गरेका हुन ।
बच्चाहरुको विषेश अनुभवी डाक्टरहरुको द्धारा निशुल्क रुपमा उपलब्ध गराईने सेवा लिन अस्पतालका प्रमुख डा. आरवी प्रसादले सबैलाई आग्रह गरेका हुन ।
भोली विहान १० बजेदेखी अनामिका हस्पिटलमै सञ्चालन हुने शिविर बेलुका ५ बजेसम्म सञ्चालनमा रहने अस्पतालले जनाएको छ ।
यस अभि पनि अनामिका हस्पिटलले आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई निशुल्क र विशेष छुटका साथ उपचार गर्दै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here