रौतहट ।। रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा सञ्चालन भएको गढिमाई मेलामा कर्मचारी कल्याण कोषले आजदेखी निशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कर्मचारी कल्याण कोष माधवनारायण नगरपालिकाका अध्यक्ष देवनारायण साहले आज मेलामा उक्त निशुल्क स्वास्थ्य शिविरको उदघाटन गरेका छन ।
मेलामा आउने व्यक्तिहरुको निशुल्क उपचार गर्नको लागि उक्त शिविर सञ्चालन गरिएको कोषका अध्यक्ष साहले बताएका हुन ।
आजबाट शुरु भएको उक्त निशुल्क स्वास्थ्य शिविर ८ दिनसम्म २४ औ घण्टा सञ्चालन रहने कोषका अध्यक्ष देवनारायण साहले बताए ।
मेला हेर्न आएको समयमा कसैलाई कुनै प्रकारको स्वास्थ्यमा समस्या आएमा शिविरमा सम्पर्क गर्न अध्यक्ष साहले अनुरोध गरेका छन ।
हिजोदेखी सञ्चालन भएको माधोपुर गढिमाई मेलाको विच भागमै सञ्चालन भएको शिविरमा स्वास्थ्य उपचार र औषधी निशुल्क रुपमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here