रौतहट ।। विश्वकै दोश्रो ठुलो गढिमाई मेलाको रुपमा प्रख्यात रौतहटको सुन्दरपुरमा लाग्ने गढिमाई मेला आजबाट शुरु भएको छ ।
आज एक कार्यक्रमका विच गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले उक्त गढिमाई मेलाको औपचारिक रुपमा उदघाटन गरेका छन ।
मेयर यादवले मेलाको उदघाटन गरेसँगै मेला आजदेखी विधिवत रुपमा शुरु भएको छ ।
जिल्लाको गढिमाई नगरपालिका वडा नं ४ सुन्दरपुर स्थित रहेको गढिमाई मन्दिरमा आजदेखी मेला लाग्न शुरु भएको हो ।
आजदेखी शुरु भएको सुन्दरपुरको गढिमाई मेला मंसिर २० गतेसम्म लाग्ने छ । मेलामा मंसिर १७ गते राँगा र १८ गते खसीको बलि दिने कार्यक्रम रहेको मेला आयोजक गढिमाई विकास केन्द्रले जनाएको छ ।
बाराको बरियारपुरमा विश्कै सबभन्दा ठुलो गढिमाई मेला लाग्ने गर्दछन भने त्यसपछिको दाश्रो ठुलो मेला रौतहटको सुन्दरपुरमा लाग्ने गर्दछन ।
प्रत्येक पाँच पाँच वर्षको अन्तरालमा लाग्ने गढिमेला यस वर्ष लागेको हो ।
रौतहटमा सात ठाउँमा गढिमाई माईको मेला लाग्ने गर्दछ । सुन्दरपुर, बलुवा मदनपुर, हरैया, दुधियाभार, कनकपुर, माधोपुर सहितको ठाउँमा मेला लाग्न शुरु भएको छ ।
यसैविच गएराति माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा पनि गढिमाई मेला शरु भएको छ ।
नगर प्रमुख विरेन्द्र यादवले राति मेलाको उदघाटन गरेसँग माधोपुरमा पनि गढि मेला शुरु भएको छ ।

सुन्दरपुर गढिमाई मन्दिरको लागि ४ कठ्ठा जग्गा उपलब्ध गराउने मेयर श्याम यादवको घोष्णा ।

। रौतहटको गढिमाई नगरपालिकाले गढिमाई मन्दिरको लागि जग्गा उपलब्ध गराउने भएको छ ।
नगर प्रमुख श्याम प्रसाद यादवले जिल्लाको गढिमाई नगरपालिकाको सुन्दरपुरमा रहेको गढिमाई मन्दिरको लागि चार कठा जग्गा उपलब्ध गराउने घोष्णा गरेका छन ।
सुन्दरपुर स्थित गढिमाई मेलाको आज उदघाटन गर्दै मेयर यादवले यस्तो घोष्णा गरेका हुन ।
आफुले आफनो कार्यकालको भित्रमै नगरपालिकाको तर्फबाट मन्दिरको लागि ४ कठा जग्गा उपलब्ध गराउने मेयर यादवले घोष्णा गर्नुभएको छ ।
दुई वर्षको भित्रमै मन्दिरको लागि उक्त जगा उपलब्ध गराउने मेयर यादवले बताए ।

माधोपुर गढिमाई मेलामा कर्मचारी कल्याण कोषद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन ।

रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा सञ्चालन भएको गढिमाई मेलामा कर्मचारी कल्याण कोषले आजदेखी निशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कर्मचारी कल्याण कोष माधवनारायण नगरपालिकाका अध्यक्ष देवनारायण साहले आज मेलामा उक्त निशुल्क स्वास्थ्य शिविरको उदघाटन गरेका छन ।
मेलामा आउने व्यक्तिहरुको निशुल्क उपचार गर्नको लागि उक्त शिविर सञ्चालन गरिएको कोषका अध्यक्ष साहले बताएका हुन ।
आजबाट शुरु भएको उक्त निशुल्क स्वास्थ्य शिविर ८ दिनसम्म २४ औ घण्टा सञ्चालन रहने कोषका अध्यक्ष देवनारायण साहले बताए ।
मेला हेर्न आएको समयमा कसैलाई कुनै प्रकारको स्वास्थ्यमा समस्या आएमा शिविरमा सम्पर्क गर्न अध्यक्ष साहले अनुरोध गरेका छन ।
हिजोदेखी सञ्चालन भएको माधोपुर गढिमाई मेलाको विच भागमै सञ्चालन भएको शिविरमा स्वास्थ्य उपचार र औषधी निशुल्क रुपमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here