फैल फोटो

रौतहट ।। रौतहटको चर्चित एतिहाँसिक बजार कटहरियामा पछिलो केही महिनादेखी कसाईहरुले दिनदहाडै पाठी र बाख्राकाटेर मासु बेचिरहेका छन । प्रहरी प्रशासन र जनप्रतिनिधी समेतको मौन्नताको कारण केही स्थानिय कसाईहरुले बजारक्षेत्रमा खसी संगै पाठी र बाख्रा काटेर मासु बिक्री गरीरहेको पाईएको छ । पछिलो ३।४ महिना देखी कटहरियामा दैनिक खसीकाटेर मासु बिक्रीहुने स्थानमै टाँसिएर पाठी र बाख्राको मासु बिक्रीहुँदा कतिपय उपभोक्ता झुकिएर ठगीनेगरेको एकजना उपभोक्ता रामचन्द्र गोसाँईले गुनासो गरेका छन ।दशकौं देखी मात्र खसीको मासु बेचिने स्थानमा बढीनाफा कमाउने उदेस्यले गैरकानुनी पाठी बाख्राकाटेर दिनदहाडै बिक्रीगर्दा पनी निर्वा्चित जनप्रतिनिधी र प्रहरी प्रशासनको मौन्नता प्रती आमउपभोक्ता आक्रोसित भएका छन । त्यतीमात्र नभई फोहरको डंगुर जम्माभएको स्थानमा मासु बेच्ने गरीएकाले पनी उपभोक्ताहरु अस्वस्थकर मासुखान बाध्य भएका छन ।कटहरिया बजारक्षेत्र वडा ५ अन्तरगत रहेकाले बजारमा देखिएको बिकृती नियन्त्रण गर्ने पहिलो दायीत्व वडा अध्यक्ष सर्फलाल गुप्ताको् रहेको छ ।नैतिक्ताको आधारमा नगरप्रमुख सियाराम कुश्वाहा तथा उपप्रमुख नुरजहाँ खातुन पनी बिकृती नियन्त्रणमा पछीपर्नु नहुने आम जनताको बुझाई रहेको छ । पाठी र बाख्रा काटने बिकृती कसले नियन्त्रण भनी सोध्दा नेपाली कांग्रेसका वडा अध्यक्ष गुप्ताले बिभिन्न विकास निर्माणको काममा मेयरले अग्रसरता देखाउदै आएको कारण उक्त समस्या समाधानका लागी मेयरले नै पहल गर्नुपर्ने प्रतिकृया दिएका छन । बजारक्षेत्रमा ब्यापारको नाउमा पाठी र बाख्रा काटेर मासु बेच्ने कसाईलाई काडा कार्यवाही गर्ने मेयर सियाराम कुश्वाहाले चेतावनी दिएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here