बारा ।। बारामा ३७ जना विधुत चोर पक्राउ परेका छन ।
हुकिंग गरी विधुत चुहावट गरिरहेको विशेष सुचनाको आधारमा आज विहानै गएको प्रहरी र विधुतका कर्मचारीहरुको टोली जिल्लाको विभिन्न गाउँबाट उनिहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तथा नेपाल बिद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराबाट खटेको कर्मचारी र प्रहरी समेतको संयुक्त टोलीले जिल्लाको महागढीमाई नगरपालिका अन्तर्गत पत्रहटी, रौवाही,तेलकुवा, ईनर्वा,बरियारपुर,कंचनपुर लगायतका गाँउबाट अवैध रुपमा विद्युत चुहावट गर्ने कार्यमा संलग्न रहेका ३७ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिईएको विधुत चोरहरुको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
,

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here