बारा ।। नेपालबाट भारत तर्फ लैजान लागेको अवस्थामा बारा प्रहरीले आज ठुलो मात्रामा गाई र बच्छा नियनत्रणमा लिएको छ ।
नेपालबाट भारत तर्फ अवैध रुपमा लैजान लागेको ३६ वटा गाई र ४ वटा बच्छालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।आज विहान ५ बजेको समयमा प्रहरी चौकी मटिअर्वा र अस्थायी प्रहरी पोष्ट जोतपुर बारा समेतबाट संयुक्त रूपमा खटेको प्रहरी टोलीले जिल्लाको फेटा गाउँपालिका वडा नं.६ ईनर्वाही टोल स्थित सडकबाट उक्त गाई र बच्छालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको गाई र बच्छालाई आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्साको प्रतिनिधिको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here