बारा ।। बारा प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका एक फरार अभियुक्तलाई २७ वर्षपछि आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक सपही गा.वि.स. वडा नं. २ हाल कोल्हवी नगरपालिका वडा नं.२ बस्ने जिवनाथ खनालको ५५ वर्षिय छोरा बलराम खनाल रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटेको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा खनाललाई उनकै घरबाट पक्राउ गरेको हो ।
गाउँकै एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत बाराले खनाललाई २०४९ साल बैशाख १७ गते जबरजस्ती करणी उधोग मुद्दामा १ वर्ष ६ महिना कैद सजाए तोकेको थियो ।
त्यही समयदेखी फरार रही लुकी छिपी बस्दै आएको अवस्थामा उनलाई प्रहरीले २७ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here