रौतहट ।। रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक विद्यालयका बालबालिकाहरुलाई पोसाक वितरण गरेका छन ।

नगर प्रमुख पटेलले आज एक कार्यक्रमकाबीच देवाही गोनाही नगरपालिका–२ श्री जनप्रिय प्राथमिक बिधालय लक्ष्मीनिंया करूनियामा अध्यनरत बिद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेका हुन । विद्यालयमा कक्षा १ देखी ५ सम्म अध्ययनरत करिव तिन सय भन्दा बढी जना छात्रछात्रालाई विद्यालय पोसाक वितरण गरिएको नगर प्रमुख पटेलले बताए ।

कपडाको अभावमा विद्यार्थीले फाटे र टालेका लुगा लगाएर विद्यालय आउने गरेको सुनिएकोले आफुले विद्यार्थीलाई केहि राहत पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरेको मेयर पटेलले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here