File Photo

रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मितिमा बरामद गरेको लाखौ मुल्य बराबरको कपडा र खाद्य वस्तु भन्सार कार्यालय चलान गरेको छ ।

असोज २५ गतेदेखी २८ गतेसम्म भारतसँग जोडिएको विभिन्न सीमा नाकाहरुबाट बरामद गरिएको सामान प्रहरीले हिजो भन्सार कार्यालय गौरमा बुझाएको छ । जिल्लाको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी निकासी, पैठारी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले ईशनाथ, गौर र परोहा नगरपालिका भित्र पर्ने सिमा नाकाहरुबाट भन्सार छली नेपालबाट भारत र भारतबाट नेपाल ल्याउने क्रममा विभिन्न सामान बरामद गरेको थियो ।

प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा कालो मरीच, हरियो मटर, छोकडा र भारतबाट नेपाल तर्फ भित्र्याउदै गरेको मलमल कपडा, वायल कपडा, जिन्स पैट, बच्चाहरुको कपडा, सुर्ती, साडी, राज निवास, प्लाष्टीक, बाबा सुट, फराक, सर्ट कपडा, दुप्टा सल लगायतका सामान बरामद गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here