रौतहट ।। नेपालमै पहिलो पटक परिक्षणको लागी रौतहटमा ईजरायली प्रविधिको गोबरग्याँस पलान्ट स्थापना गरिदैछ ।
रौतहटको फतुआ बिजयपुर नगरपालिका वडा १० दुधिअवाका रञ्जन खरेलको घरमा परिक्षणको निमित ईजरायली प्रविधिको बायो ग्याँस पलान्ट शनिवार जडान गरीएको छ ।
ईजरायलका कम्पनीले नेपाल सरकार संग गरेको सम्झौता अनुसार परिक्षणको लागी देशमै पहिलो पटक उक्त प्रविधिको पलान्ट जडान गरीएको उन्नत बैकल्पिक बायो ग्याँस कम्पनीका सञ्चालक गणेशराज शिवाकोटीले बताउनु भयो ।
पलान्ट जडानका लागी कुनै निर्माण सामग्री नचाहिने मात्र २ घन्टामा जडान हुने र एकठाँउ बाट अर्को ठाँउमा सहजै लैजान मिल्ने पलान्टको बिषेश्ता रहेको शिवाकोटीले जानकारी दिनुल भयो ।
प्रदेश २ का १२ वटा बायो ग्याँस कम्पनीलाई १४ वटा पलान्ट ईजरायली कम्पनीले परिक्षणका लागी उपलब्ध गराएकोमा उन्नत बैकल्पिक उर्जा बायो ग्याँस कम्पनीले आफनो भागको उक्त पलान्ट दसधिअवामा जडान गरेको हो ।
परिक्षणमा सफल भएमा उक्त बायो ग्याँस पलान्टको नेपालमा कुल लागत ६५ हजार रुपैया पर्ने भएपनी सरकारी अनुदान काटेर मात्र २० हजार पर्ने पलान्टलमा दैनिक १५ किलो गोबर राखेमा ५ घन्टा सम्म लगातार ग्याँस चुल्हो बाल्ने बराबरको उर्जा उत्पादन हुने स्थानिय शिक्षक तथा हाम्रा सहकमी रञ्जन खरेलले बताउनु भयो ।
अन्य कम्पनीको गोबर ग्याँस पलान्ट निर्माण गर्न ईट,रड,सिमेन्ट,बालुवा लगायतका साग्रगीको प्रयोग गर्नुपर्ने हँुदा हजारौरुपैया खर्चहुनुका साथै निर्माणमा समय पनीलाग्ने गर्दछ ।
तर ईजरायली प्रबृद्धीको प्लान्ट राख्न कुनै खर्च नहुने र आवशयक्ता परे एकठाँउ बाट अर्कोठाँउ सहजै सार्न सकीने भएकाले उक्त प्रबृद्धीको गोबर ग्याँस पलान्ट प्रती नेपालीको आकर्षण हुने सञ्चालक शिवाकोटीले बिश्वास ब्यक्त गरेका छन ।
त्यसैगरी पुरानो प्रबृद्धीमा पलान्ट राख्न सितल ठाँउ आवशयक हुनुपर्नेमा नया प्रकृद्धीमा त्यस्तो केही नभई जुन स्थानमा पनी जडान गर्न मिल्ने शिवाकोटीले जानकारी दिएका छन ।
बैकल्पिक उर्जा गोबर ग्याँस पलान्ट उतरीभेगमा अधिकांश परिवारमा जडान भएको देखिएपनी जिल्लाको दक्षिीण्ीभेगमा प्राय न्युन रहेको छ ।
बिजुली र खाना पकाउने ग्याँसको महंगाई भईरहेको अवस्थामा गोबर ग्याँस अतिनै उपयोगी हुने भएकाले बायो ग्याँस कम्पनीका प्रतिनिधीहरु जिल्लाको दक्षिणीभेगमा पनी पहल गर्नुपर्ने जानकारहरुले बिचार राखेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here