File photo

रौतहट ।।अबैध लागु औषध सहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लागु औषध सहित जिल्लाको गौर नगरपालिका वडा नं. ६ सवगाढा बस्ने बिनोद साहको छोरा बर्ष २० को राकेश साह भन्ने जगरनाथ साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी सुकदेव चौकबाट खटेको प्रहरी टोलीले यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चौकबाट हिजो साहलाई पक्राउ गरेको हो । शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा पैदल हिडी रहेको अवस्थामा शंका लागी चेक जाँच गर्दा साहले शरीर र झोलामा लुकाएर राखेको लागु औषध ईन्जेक्सन २० पिस, डाईजेपाम ईन्जेक्सन २० पिस र नूर्फिन २० फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखिएको र यस विषयमा थप अनुसन्धान भईरहेको रौतहटका प्रहरी उपरिक्षक एसपी भुपेन्द्र खत्रीले बताउनुभयो ।