File photo

रौतहट ।। रौतहट प्रहरीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको लाखौको कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरबाट खटेको प्रहरीको गस्ती टोलीले शुक्रवार राति राजदेबी नगरपालीका वडा नं. ८ स्थित बेलबिछुवा गाउँबाट ठुलो संख्यामा कुखुराको चल्ला बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ उक्त कुखुराको चल्लाहरु फालेर उनिहरु भारत तर्फ पmरार भएका थिए ।
कुखुराको चल्ला ल्याउनेहरु फरार भएपछि प्रहरीले ३४ वटा काटुनमा रहेको तिन लाख चालीस हजार मुल्य बराबरको कुखुराको चल्ला बेवारीसे बरामद गरेको थियो ।
बरामद गरिएको कुखुराको चल्ला हिजो विहान ९ बजे स्थानिय पत्रकार, जिल्ला पशु कोरेन्टाईनको प्रतिनिधि एवं स्थानिय भद्रभलादमीहरुको उपस्थितिमा गौर नगरपालिका वडा नं. ४ स्थित लालबकैया नदी खोलाको बगरमा खाल्टो खनी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।