रौतहट ।। रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले शान्त, मर्यादित र भयरहित वातारवणमा दशैं र तिहार मनाउन नगरबासिलाई अनुरोध गरेका छन ।
पर्वमा कुनै किसिमको हो हल्ला, झैझगडा नगरी सभ्य र सुरक्षति तवरले चाडपर्व मनाउन नगर प्रमुख पटेलले सबैलाई आग्रह गरेका हुन ।
हिन्दुहरुको महान चाड विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले आज गोनाही बजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यत्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मेयर पटेलले सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख धर्मेन्द्र पटेलले दशैं र तिहारमा आपसी सदभाव, देशमा अमन चएन कायम होस भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुख, शान्ति, समृद्धि एवं सु स्वास्थ्य दिर्घायुको लागि कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्ति गरेका छन ।
कार्यक्रका अध्यक्षता गरेका ईप्रका देवाही गोनाहीका प्रहरी निरीक्षक ईन्स्पेक्टर बद्रि बहादुर पौडेलले पर्वमा हुने गलत क्रियाकलापलाई निरुत्साहित गर्नको लागि सुरक्षित रहन र सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन ।
आफनो संस्कृतिलाई शान्त र भयरहित बातावरणमा मनाउन प्रहरी निरीक्षक पौडेलले सबैलाई आग्रह गरेका हुन ।
शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न राजनैतिककर्मी, समाजसेवी लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।