रौतहट ।। पुर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध हिन्दी चलचित्रका शोले को जय र वीरु जस्तो रहेको जीकिर गरेका छन् ।
विहिबार दशै, तिहार र छठको अवसरका रौतहटको देवाही गोनाही नगरपालिका ६, कर्कचमा नेकपा नगर कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले दुई अध्यक्षको एकता मुकुलको आवशयक्ता, देशको समृद्धि र कम्युनिष्ट आन्दोलनलाई सफल बनाउनका लागि भएको बताए ।
कर्कचका साथै जंगलसहिया र सिमरीमा आजै भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन ।
बलिवूड चलचित्र शोलेको चर्चा गर्दै अध्यक्ष साहले भने, “तपाइँहरुले शोले फिल्म हेर्नुभएकै होला । आतंकको रुपमा रहेको गब्बर सिंहलाई परास्त गर्न जय र विरुले मिलेर लड्नुपरेको हुन्छ ।
सायद एक्लै भएको भए माहोल अर्कै हुन्थ्यो । त्यस्तै मुलुकलाई अग्रगमनतर्फ अगाडि बढाउन दुई वामपन्थी कमाण्डर मिलेका हुन ।
जय विरु जस्तै हाम्रा पार्टीका अध्यक्षद्वय समाजलाई उत्पीडन, पछौटेपनबाट छुटकारा दिलाउन मिलेर लडिरहेका छन् ।”असत्यमाथि सत्यको विजयको खुसियालीको रुपमा दशै मनाइरहँदा समाजबाट गलत प्रवृत्ति र बेथिति अन्त्य गर्न सबै जना अग्रसर हुन सांसद साहले आग्रह गर्नुभयो ।
ग्रामीण बिकासका लागि जनता स्वयं सक्रिय भएर सरकारसंग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउदै सांसद साहले स्वाभिमान र सम्मानसहितको समाज निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा विकास निर्माण लगायतको विषयमा सांसद साह र स्थानीयबीच अन्तरक्रिया भएको थियो ।
सो अवसरमा संघीय सांसद समिना हुसेन, प्रदेश सभा सदस्य कुन्दन कुश्वाहा, प्रदेश कमिटि सदस्य त्रिभुवन साह अमरजी, मौलापुर नगरपालिकाकी मेयर रिना देवी साह, देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, नेकपाका रोजुद्धिन आलम, इदरीस सिद्धिकी, ईश्वरी यादव, वडा अध्यक्ष अनिल झा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै पूर्व मन्त्री प्रभु साहको शुभकामना आदन प्रदान कार्यक्रम भोली १७ गते असोज फतुवा विजयपुर नगरपालिका १० दुधिआवा, वडा नं ११ का बुटवा, रांगी र भट्ठि रांगीमा हुने छ ।