रौतहट ।। प्रदेश नं २ सरकारले गत आर्थिक वर्षमा सञ्चालन भई रकम भुक्तानी हुन बाँकी रहेको योजनाहरुको अनुगमन गर्नको लागि रौतहट र सर्लाहीमा अनुगमन टोली खटाएको छ ।
प्रदेश सरकारका प्रदेशसभाले बाँकी रहेको योजनाको रकम भुक्तानीका लागि गठन गरेको अनुगमन टोलीले आज रौतहट र सर्लाहीमा स्थलगत अनुगमन गरेको छ ।
प्रदेश सभाले खटाएकोे अनुगमन टोलीले आज रौतहटको माधवनारायण नगरपालिका अन्तर्गत सञ्चालित विभिन्न योजनाहरुको स्थलगत अनुगमन निरीक्षण गरेको हो ।
गत वर्षमा सामाजिक विकास मन्त्रालयबाट रौतहटमा ८३ वटा भन्दा बढी योजनाहरु सञ्चालन भएको थियो ।
उपभोक्ता समिति मार्फत सञ्चालन भएको योजनाको कामहरु असाढ मसान्तमै सम्पन्न भएपनि प्रदेश सरकारले अझै भुक्तानी गर्न नसक्दा उपभोक्ता समितिहरु मारमा परेका छन ।
रकम भुत्तानी गर्ने सम्बन्धमा विवाद भएपछि सरकारले छानविनको लागि एउटा अनुगमन समिति गठन गरेको थियो ।
गठन गरिएको अनुगमन टोलीले मंगलवार माधवनारायण नगरपालिकामा अनुगमन गरेको छ भने भोली र पर्सीसम्म सामाजिक विकास मन्त्रालयबाट सञ्चालन भएको रौतहटको सबै योजनाहरुको अनुगमन निरीक्षण गरेर त्यसको प्रतिवेदन प्रदेशसभालाई बुझाउने सामाजिक विकास मन्त्री नवल किशोर साहले बताएका छन ।
टोलीले प्रतिवेदन बुझाएपछि प्रदेस सरकारले भुक्तानी हुन बाँकी रहेको योजनाहरुको बजेट निकासा गर्ने मन्त्री साहले बताए ।
अनुगमन टोलीमा प्रदेश सरकारको तर्फबाट राकेश ठाकुर, संजय कुमार साह, पूर्वाधार कार्यालय गौर रौतहटको नायब सुब्बा कपिलदेव साह, सब ईन्जीनियर अनिल कुमार साह, रौतहटका प्रदेश सांसद नागेन्द्र यादवका स्वकीय सचिव दिपेन्द्र यादव र प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री, समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश सांसद योगेन्द्र यादवका विकास प्रतिनिधी राम नरेश यादव लगाएतको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here