रौतहट । सरकारले तोके अनुसार असाढ १५ गतेसम्मै सबै पालिकाले नगरपरिषद गरिसक्नु पर्नेथ्यो ।
तर विभिन्न कारणले गर्दा रौतहटको फतुवा विजयपुर नगरपालिकाले अहिलेसम्म पनि नगरपरिषद गर्न सकेको छैन ।
नगरपालिकाले अझै नगरपरिषद गर्न नसक्दा विकास निर्माणका कामदेखी लिएर अन्य कामकाज प्रभावित हुने भएको छ ।
फतुवा विजयपुर नगरपालिकाले नगरसभा गर्न नसक्दा त्यस नगरका सयौ कर्मचारीहरु साउनदेखी नै तलव खान पाएका छैन ।
नगरपालिकाकी निमित प्रमुख प्रशासकिय अधिकृत रन्जना साहले पनि आफु दुई महिनादेखी तलव नखाएको बताएकी छिन ।
नगरसाभा हुन नसक्दा आफु लगाएत नगरपालिकाका सबै कर्मचारी र शिक्षकहरु तलव खान नपाएको प्रशासकिय अधिकृत साहले बताउनुभयो ।
चाडपर्व नजिकिए पनि नगरपालिकाले तलव उपलब्ध नगराउँदा आउँदै गरेको दर्शै कसरी मनाउने भन्दै कर्मचारीहरु गुनासो गरेका छन ।
जनप्रतिनिधिहरुवीच तालमेल नमिल्दा नगरसभा हुन नसकेको उहाँले बताउनुभयो ।
अधिकृत रन्जना साहले मेयर गोपाल यादव नगरसभा गर्न नचाहेकोले आफु पनि तलव नखाएको र अरुलाई पनि खुवाउन नसकेको आरोप लगाउनुभयो ।
अबको केहि दिनमा पनि मेयर यादवले समस्या समाधान नगरे आफु सहित सबै कर्मचारीहरु न्गरपालिकाको कामकाज ठप्प गरी आन्दोलन गर्ने प्रशासकिय अधिकृत रन्जना साहले चेतावनी दिएकी छिन ।
त्यस्तै नगरपालिकाका प्रमुख गोपाल यादवले प्रमुख प्रशासकिय अधिकृत रन्जना साह र लेखापाल पवन महतोको कारण अहिलेसम्म नगरसभा हुन नसकेको आरोप लगाउनुभएको छ ।

अधिकृत साह र लेखापाल महतो दुबै जना मिलेर आफुलाई कुनै जानकारी नदिई गत आर्थिक वर्ष २०७५÷७६ मा तिन करोड रुपैया हिनामिना गरेको र त्यसको हरहिसाव गर्न नसक्दा नगरसभा हुन नसकेको मेयर यादवले बताए ।
साह र महतो हरहिसाव नगरेसम्म कुनै पनि हालतमा नगरसभा गर्न नसकिने मेयर यादवको दावी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here