रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नं ५ प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा हिजोदेखी २४ औ घण्टा ईमरर्जेन्सी सेवा सुरु भएको छ । कटहरिया नगरपालिकाका प्रमुख शियाराम कुश्वाहा र उप प्रमुख नूरजहाँ खातुनले संयुक्त रुपमै स्वास्थ्य केन्द्र कटहरियामा आकस्मिक सेवाको उदघाटन गरेका छन । आज एक कार्यक्रमका विच मेयर कुश्वाहा र उप मेयर खातुनले आकस्मिक कक्षको उदघाटन गरेसँगै प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा अबदेखी २४ औ घण्टा ईमरर्जेन्सी सेवाको सुभारम्भ भएको छ ।

आफनै गाउँ ठाउँको स्वास्थ्य केन्द्रमा अब २४ औ घण्टा ईमरर्जेन्सी सेवा सुरु भएपछि स्थानीयहरु अब आफनै गाउँ ठाउँमा स्वास्थ्य उपचार गराउन पाईने भन्दै खुसी भएका छन । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अर्पणलाल कर्णले थोरै जनशक्ति भएपनि उपचार सेवामा कुनै कमि हुन नदिने प्रतिवद्धता जनाएका छन । आफुहरु अहोरात्र खटेर भएपनि विरामीहरुको सेव गर्ने डा कर्णले बताए ।

कटहरिया नगरपालिकाको ३२ लाख रुपैयाको लागतमा तिन कोठे ईमरर्जेन्सी भवन र शौचालय निर्माण हुनुका साथै कटहरिया नगरपालिकाकै लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको वर्षौदेखी जिर्ण रहेको भवनलाई मर्मत तथा रंगरोगन गरिएको कटहरिया नगरपालिकाका नेकपा अध्यक्ष योगेन्द्र साहले जानकारी दिनुभयो । ईमरर्जेन्सी कक्षको उदघाटन कार्यक्रममा कटहरिया नगरपालिकाका प्रशासकिय अधिकृत मनोज रजक, वडा नं ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता लगाएतको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here