रौतहट । रौतहटको एउटा नगरपालिकाले समयमा भुक्तानी नदिएको कारण जिल्लामा एक बिधालयको बिधार्थीलाई खाजा खुवाउन कठिनाई भईरहेको छ ।जिल्लाको पश्चिमी भेग फतुआ बिजयपुर नगरपालिकाले समयमा रकम उपलब्ध नगराएको कारण बिधार्थीलाई खाजा खुवाउन उच्च माबी बिजयपुर लाई कठिनाई भईरहेको हो । बिधालयमा बिधार्थी नियमित उपस्थित होस भने उदेस्यका साथ नेपाल सरकारले १ देखी कक्षा ५ सम्मको लागी खाजाको लागी जनही १५ रुपैया प्रतिदिनको दरले स्थानिय तह मार्फत उपलब्ध गराउने ब्यवस्था रहेको छ । उच्च माबी बिजयपुरमा हाल कक्षा १ देखी कक्षा ५ सम्म एकसय ३७ जना बिधार्थी अध्ययनरत रहेका छन । नेपाल सरकारले गत चैत्र देखी बिधालयमा खाजाको ब्यवस्था गरेदेखी दैनिक बिधालयका उक्त बिधार्थीहरु लाई खाजा खुवाउदै आएको प्रधानाध्यापक सुदामा यादवले बताउनुभयो । एकसय ३७ जना बिधार्थीलाई दैनिक पौष्टिक युक्त खाजा महिनाको दुईपटक मासु समेत खाजा खुवाउदै आएको तर ६ महिना बित्नलाग्दा सम्म फतुआ बिजयपुर नगरपालिकाले खाजा बापतको रकम निकासा नगरेका कारण बिधालयलाई खाजाको खर्च धान्न ठुलो समस्या भएको प्रधानाध्यापक सुदामा यादवले गुनासो गर्नुभयो । नगरपालिकाकी प्रशासकिय अधिकृत रञ्जना साहले गत आर्थिक बर्षमा शिक्षकको तलब अपुग हुँदा खाजाको रकम सापटी स्वरुप तलब तिर पठाईएको र नगरसभा हुनासाथ खाजाको रकम सबै बिधालयलाई पठाउने बताएकी छिन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here